एकद्वार होइन, बहु–मार्ग
रित्तो गाग्रीबाट मुलिबातर्फ — नेपालको शिक्षा
नेपालमा विद्यार्थी फेल हुन्छन्—तर वास्तवमा असफल को हो? विद्यार्थी कि शिक्षा प्रणाली (Education System)?
आज हाम्रो शिक्षा प्रणाली एउटा ठूलो तर साधारण समस्यामा अड्किएको छ—एक मात्र बाटो (Single Pathway System)।
विद्यार्थीले SEE दिनुपर्छ, त्यसपछि कक्षा १२, अनि मात्रै अगाडि बढ्न पाउँछ। सबैका लागि एउटै ढोका, एउटै परीक्षा, एउटै मापदण्ड (Standard)।
तर जीवन यस्तो हुँदैन। जीवनमा सफलता पाउन एउटै बाटो हुँदैन।
रित्तो गाग्री (The Leaking Pot of Learning)
एक विद्यार्थी १२ कक्षा पास गरेर निस्किन्छ। प्रमाणपत्र (Certificate) छ। GPA राम्रो छ।
तर जब उसलाई भनिन्छ— “एउटा समस्या समाधान गर (Solve a real problem)।”
ऊ चुप लाग्छ।
यही हो—रित्तो गाग्री।
यहाँ गाग्री भनेको विद्यार्थीको टाउको, अर्थात् ज्ञान भण्डार (Knowledge Reservoir) हो। विद्यालयले वर्षौंसम्म ज्ञान हाल्छ, तर त्यो ज्ञान टिक्दैन।
किन?
- परीक्षा पास गर्न मात्र पढ्ने बानी (Exam-oriented learning)
- बुझ्नुभन्दा रट्ने संस्कृति (Rote memorization)
- प्रयोग नगर्ने ज्ञान (Lack of application)
- जिज्ञासा दबाउने वातावरण (Suppressed curiosity)
- जिम्मेवारी नदिने शिक्षा (Lack of responsibility)
पानी हालिन्छ, तर टिक्दैन। ज्ञान आउँछ, तर जीवनमा काम लाग्दैन। विद्यार्थी भरिएको जस्तो देखिन्छ, तर वास्तवमा रित्तो हुन्छ।
सुलिबा — शिक्षक कुरेर सिक्ने शिकारू (The Permission-Dependent Learner)
सुलिबाको कथा अझ स्पष्ट रूपमा बुझौँ।
सुलिबा नाम कसरी रह्यो? सुली सोर्न पनि सोध्नु पर्ने, वा अनुमति लिएर मात्र सुली सोर्न दिइएकोले “सुलिबा” नाम रह्यो।
सुलिबाको छोरा त्यो व्यक्ति हो, जो हरेक काम अघि बढाउनु भन्दा पहिले अनुमति पर्खिन्छ (Waits for permission before action)।
उसको सोच हुन्छ: “के आदेश आउँछ (What am I allowed to do?)”
उसलाई सानोदेखि:
- नियन्त्रणमा राखियो (Controlled environment)
- निर्णय लिन दिइएन (No decision-making opportunity)
- जिम्मेवारी दिइएन (No responsibility given)
त्यसैले ऊ निर्भर (Dependent) बन्यो। हाम्रो शिक्षक निर्भर बन्यो, निर्भर शिक्षकले निर्भर विद्यार्थी जन्मायो। कारण हाम्रो सरकार पनि सुलिबा भयो। हाम्रोमा नियम धेरै छ, किताबको फन्टसम्म सरकारले तोक्छ।
उसको विशेषता:
- अनुमति पर्खिन्छ (Waits for permission)
- निर्देशन कुर्छ (Depends on instructions)
- गल्ती गर्न डराउँछ (Fear of mistakes)
- पहल कम हुन्छ (Lack of initiative)
मुलिबा — जिम्मेवार भएर सिक्ने शिकारू (The Empowered, Responsibility-Driven Learner)
अब मुलिबाको कथा हेरौँ।
मुलिबा नाम कसरी रह्यो? छोरालाई आफै जिम्मेवार बन्न, निर्णय गर्न सिकाइएकोले “मुलिबा” नाम रह्यो।
मुलिबा त्यो व्यक्ति हो, जो अनुमति पर्खिँदैन, जिम्मेवारी लिन्छ (Takes responsibility without waiting for permission)।
उसको सोच हुन्छ: “कसरी राम्रो गर्न सक्छु? (How can I do this better?)”
उसलाई सानोदेखि:
- काम गर्न दिइयो (Given opportunities to act)
- निर्णय लिन दिइयो (Encouraged to decide)
- गल्तीबाट सिक्न दिइयो (Allowed to learn from mistakes)
- जिम्मेवारी दिइयो (Entrusted with responsibility)
त्यसैले ऊ सशक्त (Empowered) बन्यो। फिनल्यान्ड र अमेरिकामा विद्यार्थीको पास–फेलको जिम्मा सबै स्कुल — सर र मिस — लाई दिइएको हुन्छ। विद्यार्थीलाई पढ्न–लेख्न सक्ने बनाउने मापदण्ड हुन्छ, तर किताब के पढाउने, कसरी पढाउने, जाँच कसरी लिने — सबै जिम्मा शिक्षकलाई दिइएको हुन्छ।
उसको विशेषता:
- निर्णय लिन्छ (Makes decisions)
- जिम्मेवारी लिन्छ (Takes ownership)
- स्वतन्त्र रूपमा काम गर्छ (Works independently)
- गल्तीबाट सिक्छ (Learns from mistakes)
जिज्ञासु बन्नु र अनुमति पर्खिने बानी (Curiosity vs Permission-Seeking)
यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ।
जिज्ञासु बन्नु (Curiosity) र अनुमति पर्खिनु (Permission-seeking) एउटै कुरा होइन।
जिज्ञासा भनेको सिकाइको आधार हो। विद्यार्थीले प्रश्न सोध्नै पर्छ। तर समस्या त्यहाँ हुन्छ, जहाँ विद्यार्थीले सोच्नुभन्दा पहिले अनुमति पर्खिन्छ।
हामीलाई जिज्ञासु विद्यार्थी चाहिन्छ, अनुमति पर्खिने होइन।
समस्या — सुलिबा बनाउने शिक्षा (A Control-Based Education System)
आजको नेपालको शिक्षा प्रणाली:
- धेरै नियममा आधारित छ (Rule-heavy system)
- कम स्वतन्त्रता दिन्छ (Limited autonomy)
- परीक्षा–केन्द्रित छ (Exam-centric)
- सीपभन्दा अंकलाई प्राथमिकता दिन्छ (Marks over skills)
विशेषगरी SEE र कक्षा १२ को परीक्षा प्रणाली — वर्षमा एकपटक हुने, उच्च दबाब दिने, र ढिलो नतिजा आउने संरचनामा आधारित छ। एकपटकको परीक्षाले विद्यार्थीको भविष्य निर्धारण गर्ने प्रयास गरिन्छ (One-shot high-stakes evaluation)।
यसले विद्यार्थीलाई:
- डराउने (Creates fear)
- निर्भर बनाउने (Creates dependency)
- रित्तो गाग्री बनाउने (Produces hollow learning)
समाधान — बहु–मार्ग शिक्षा (Multi-Pathway Education System)
अब शिक्षा प्रणालीलाई एकद्वारबाट बहु–मार्गतर्फ लैजानुपर्छ। नेपालमा कक्षा १२ सम्म तीन तहका मार्ग विकास गर्न सकिन्छ।
१. पालिका मार्ग (Municipal Pathway)
- पालिकाले सञ्चालन गर्ने (Managed by local governments)
- कृषि, सीप, र स्थानीय व्यवसायसँग जोडिएको (Linked with local livelihood and skills)
- विद्यार्थीलाई आफ्नै समुदायमा काम गर्ने आधार दिने (Prepares for local engagement)
व्याख्या: यो मार्ग ती विद्यार्थीका लागि उपयोगी हुन्छ, जसले आफ्नो ठाउँमै बसेर सीप सिक्न, काम गर्न, र जीवन निर्माण गर्न चाहन्छन् (Build life within their local context)।
२. प्रादेशिक मार्ग (Provincial Pathway)
- प्रदेश सरकारले सञ्चालन गर्ने (Managed by provincial government)
- एकाडेमिक र प्राविधिक शिक्षाबीच सन्तुलन कायम गर्ने (Balance academic and technical education)
- प्रदेशभित्र शिक्षा र रोजगारीका अवसरहरू विस्तार गर्ने (Expand education and employment within the province)
व्याख्या: यो मार्ग ती विद्यार्थीका लागि हो, जसले आफ्नो क्षमतालाई फराकिलो क्षेत्रमा विकास गर्न चाहन्छन् र प्रदेश स्तरमा प्रतिस्पर्धा गर्न चाहन्छन् (Grow and compete at a regional level)।
३. केन्द्रीय मार्ग / एनइबी (National / NEB Pathway)
- राष्ट्रिय स्तरमा सञ्चालन हुने (National-level system)
- उच्च शिक्षा र अन्तर्राष्ट्रिय अवसरको तयारी गर्ने (Preparing for higher education and global opportunities)
- स्तरीकृत मूल्याङ्कन प्रणालीमा आधारित (Based on standardized assessment system)
व्याख्या: यो मार्ग ती विद्यार्थीका लागि हो, जसले विश्वविद्यालय, राष्ट्रिय स्तर, वा अन्तर्राष्ट्रिय अवसरतर्फ अगाडि बढ्न चाहन्छन् (Pursue national and global pathways)।
विद्यार्थीको छनोट (Student Choice & Flexibility)
- विद्यार्थीले आफ्नो लक्ष्यअनुसार मार्ग रोज्न सक्छ (Choose pathway based on goals)
- चाहेको खण्डमा एकभन्दा बढी मार्गमा प्रयास गर्न सक्छ (Attempt multiple pathways)
- आफ्नो परिस्थिति अनुसार बाटो परिवर्तन गर्न सक्छ (Flexible transitions)
अब शिक्षा “एक मौका” होइन, धेरै अवसर (Multiple Opportunities) बन्छ।
परीक्षा प्रणाली सुधार
आजको परीक्षा प्रणाली वर्षमा एकचोटी हुने र ढिलो नतिजा आउने छ। विशेषगरी SEE र कक्षा १२ मा यो समस्या स्पष्ट देखिन्छ। यसलाई बदल्नुपर्छ।
नयाँ प्रणाली यस्तो हुनुपर्छ:
- परीक्षा स्तरीकृत हुनुपर्छ (Standardized assessments)
- डिजिटलाइज हुनुपर्छ (Digitized system)
- वर्षमा ४ देखि ६ पटकसम्म दिन मिल्ने हुनुपर्छ (Multiple attempts per year)
- विद्यार्थीले तयार भएको विषय पहिले दिन पाउने modular व्यवस्था हुनुपर्छ (Modular exams)
- १ देखि ३ हप्ताभित्र नतिजा आउने हुनुपर्छ (Fast result turnaround)
यसले:
- दबाब घटाउँछ (Reduces pressure)
- अवसर बढाउँछ (Increases opportunities)
- सिकाइलाई निरन्तर बनाउँछ (Supports continuous learning)
सन्तुलन — स्वतन्त्रता र मापदण्ड
बहु–मार्ग हुँदा पनि:
- राष्ट्रिय न्यूनतम मापदण्ड आवश्यक छ (National minimum standards)
- स्वतन्त्र मूल्याङ्कन प्रणाली आवश्यक छ (Independent assessment authority)
- पारदर्शिता कायम गर्नुपर्छ (Transparency and accountability)
स्वतन्त्रता पनि हुनुपर्छ, विश्वास पनि हुनुपर्छ।
निष्कर्ष
आजको शिक्षा:
- रित्तो गाग्री बनाउने
- सुलिबा उत्पादन गर्ने — प्रणाली हो।
अब यसलाई बदल्नुपर्छ —
- भरिएको गाग्री
- मुलिबा उत्पादन गर्ने — प्रणालीतर्फ।
अन्तिम सन्देश
जुन शिक्षाले विद्यार्थीलाई अनुमति पर्खिन सिकाउँछ, त्यो शिक्षाले सुलिबा बनाउँछ। जुन शिक्षाले विद्यार्थीलाई जिम्मेवारी दिन्छ, त्यो शिक्षाले मुलिबा बनाउँछ।
एकै बाटोले प्रतिभा मार्छ, धेरै बाटाले भविष्य खोल्छ।
सुन्नुहोस् — भिडियोमा
यही विषयमा मैले विस्तारमा कुरा गरेको छु। तलको भिडियो हेर्नुहोस् र आफ्नो विचार टिप्पणीमा पठाउनुहोस्।
Can't see the video? Watch on YouTube ↗